Trending
>>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ १४ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   लामिछानेलाई रुपन्देही जिल्ला अदालतको १ करोड धरौटीमा छाड्न आदेश ! >>   होटलको सीसीटीभी फुटेज झिकाउन रास्वपा सांसद विनिता कठायतकाे उजुरी ! >>   धन्य कांग्रेसः भ्रष्टाचारीलाई कारवाही माग्दै सानेपामा धर्ना (तस्विरहरू) >>   कांग्रेस संसदीय दलको बैठक सुरु >>   रवि लामिछानेको थुनछेक बहस सकियाे, के आउला आदेश? >>   गगन थापाकाे च्यालेन्ज-‘धेर गनगन नगराैँ,मलाई प्रधानमन्त्री बनाइदिनुस,ओलीलाई फ्लप बनाँउछु !’ >>   ठमेलको होटलको कोठाभित्र २१ वर्षीया युवती शव भेटियो ! >>   नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द
Logo
१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

सात एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्ने सचिवालय बैठकमा सात विषय छलफल हुनेछ । ‘समसामयिक राजनीति र पार्टी गतिविधि,सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छन्।

त्यस्तै पार्टीका विभिन्न नियमावलीहरू विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) का बारेमा पनि छलफल हुने बताइएको छ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?