Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

गगन थापाकाे च्यालेन्ज-‘धेर गनगन नगराैँ,मलाई प्रधानमन्त्री बनाइदिनुस,ओलीलाई फ्लप बनाँउछु !’


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए ।

उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने बताउदै उनले अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण काँग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको बताए । उनले अबको दशक खेल फाल्नु नहुने बताए ।

महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताउदै नेपाल पहिलाको भन्दा धेरे विकसित भएको र नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्नसक्ने हुनुपर्ने बताए ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?