Trending
>>   यस्ताे छ जेलमा आशिकाकाे हालत ! >>   बुटवलमा रविको थुनछेक बहस लम्ब्याउनुकाे रहस्य यस्ताे ! यसरी लागेकाे छ सरकार >>   लम्बियाे रवि लामिछानेको थुनछेक बहस ! अब के हाेला? >>   गुमाँउदैछ कांग्रेसले एक सांसद? >>   महाभारतमा आगलागी नियन्त्रण बाहिरः अमेरिकामा जसरी हेलिकोप्टरबाट आगो निभाइँदै ! >>   रवि लामिछानेविरुद्ध बहस गर्ने बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा ! >>   सकिए नेपालीका दुखका दिनः सिद्दबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ !(तस्वीरहरू) >>   १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   भक्तपुरमा मोटरसाइकल र कार दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते >>   पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि
Logo
११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

बुटवलमा रविको थुनछेक बहस लम्ब्याउनुकाे रहस्य यस्ताे ! यसरी लागेकाे छ सरकार


बुटवल । सुप्रिम सहकारीको बचत अपचलनमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस तीन दिनमा पनि नसकिएपछि आइतबार थप सुनुवाइ हुने भएको छ। लामिछाने बुधबार अदालतमा उपस्थित भएकोमा सो दिन बयान तथा बिहीबार र शुक्रबार बहस भएको थियो ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। बहस नसकिएपछि अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको छ ।

अब आइतबार सो मुद्दामा थप बहस हुनेछ। शुक्रबार लामिछानेका तर्फबाट बहस भएको थियो। प्रतिवादीको बहस सकिएपछि सरकारी पक्षको जवाफी बहस हुनेछ। त्यसपछि अदालतले थुनछेक आदेश दिनेछ।

लामिछानेको मुद्दामा बहस गर्न उच्च सरकारी वकिल कार्यालयबाट समेत सरकारी वकिलहरू खटाइएको छ।जिबी राईको समूहले सञ्चालन गरेको सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा पैसा गएको र लामिछानेसमेत गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएको आधारमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?