काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहान १० बजे उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी आज अदालत उपस्थित भएका लामिछानेको बयान सकिएको छ भने भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।
प्रकाशित मिति: ९ माघ २०८१, बुधबार