काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतबाहिर हातपात गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ परेका ललित केसी नामका व्यक्ति दोलखाका हुन् ।
रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले निज व्यक्ति नेपाली कांग्रेसका कार्यकर्ता रहेको सूचना पार्टीमा आएको बताए । उनले भने, ‘मलाई पनि दोलखाबाट फोन आइरहेको छ । उहाँ नेपाली कांग्रेसको हुनुहुँदो रहेछ । हामी थप बुझ्दैछौं ।’
कांग्रेस कार्यकर्ताले आफ्नो पार्टीको भीडभित्र गलत नियतले घुसपैठ गरेका हुन् या रवि लामिछानेको न्यायका लागि नै त्यहाँ आएका हुन् भन्ने स्पष्ट नभएको बोहोराको भनाइ छ । कुटाइ खाने वकिल त्रिपाठी कांग्रेस पृष्ठभूमिका हुन् । उनी २०७० सालको आमनिर्वाचनमा रुपन्देही ७ मा कांग्रेसबाट उठेर हारेका थिए ।
प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार