Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अस्ट्रेलियामा पहिलो राष्ट्रिय अटिजम रणनीति शुरु


काठमाडौँ। अस्ट्रेलियाली सरकारले अटिजम भएका व्यक्तिहरूको जीवन सुधार गर्न पहिलो राष्ट्रिय रणनीति शुरु गरेको छ ।

सामाजिक सेवामन्त्री अमान्डा रिशवर्थले मंगलवार पहिलो राष्ट्रिय अटिजम रणनीतिको अनावरण गरेका छन् । जसबाट सबै अटिजम भएका अष्ट्रेलियालीहरूका लागि समावेशीकरण, समर्थन र जीवन परिणामहरू सुधार गर्ने प्रतिवद्धता जनाइएको छ । ४२.३ मिलियन अष्स्ट्रेलियाली डलर (२६.१ मिलियन अमेरिकी डलर) योजनामा चार प्रमुख सुधार क्षेत्रहरूमा २२ प्रतिवद्धताहरू समावेश छन् । कोषमध्ये चार वर्षमा १९.९ मिलियन अस्ट्रेलियाली डलर एक सहकर्मी समर्थन कार्यक्रममा जानेछ ।

जसले अटिजम भएका व्यक्तिहरूलाई जीवन–अनुभव ज्ञान, सहानुभुति र सांस्कृतिक रूपमा अनुकुलित सल्लाह प्रदान गर्नेछ । अर्को १२.२ मिलियन अस्ट्रेलियाली डलरले एक नयाँ निकायलाई कोष दिनेछ । जसले अटिजम–सम्बन्धित अनुसन्धानलाई प्रमाण–आधारित उपकरण र सेवा प्रदायकहरू र नीति निर्माताहरूका लागि मार्गदर्शनमा अनुवाद गर्नेछ । सरकारले अस्ट्रेलियामा अटिजमको वास्तविक व्यापकता पत्ता लगाउन अध्ययनको लागि २.८ मिलियन अस्ट्रेलियाली डलर पनि खर्च गर्नेछ ।

सामाजिक सेवा विभागकाअनुसार अटिज्म निदान भएका अनुमानित २ लाख ९० हजार अस्ट्रेलियालीहरू छन् । अटिज्म भएका अस्ट्रेलियालीहरू सामान्य जनसंख्याको तुलनामा बेरोजगार हुने सम्भावना ६ गुणा बढी र चाँडै मर्ने सम्भावना दुई देखि तीन गुणा बढी हुन्छ । अटिज्म भएका अस्ट्रेलियालीहरूको पाँच प्रतिशतसँग विश्वविद्यालय स्नातक डिग्री छ । जबकि अपाङ्गता भएका सबै व्यक्तिहरूको २० प्रतिशत र अपाङ्गता नभएका ३५ प्रतिशत मानिसहरूसँग छ ।

यो रणनीति सरकारले अटिज्म भएका व्यक्तिहरू र राष्ट्रिय अटिज्म रणनीति निरीक्षण परिषद्को सहकार्यमा निर्माण गरेको हो । राष्ट्रिय अटिज्म रणनीति निरीक्षण परिषद्का सह–अध्यक्ष क्लेयर गिबेलिनिले रणनीतिले अटिज्म भएका व्यक्तिहरूलाई थप सहयोगको आवश्यकता रहेको कुरालाई मान्यता दिने बताएका छन् ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?