Trending
>>   गॊलि प्रहार गरी श्रीमतीको हत्या >>   ग्रिनल्याण्डबारे ट्रम्पको टिप्पणीले युरोपमा अशान्ति >>   मकर संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज आयोजना >>   देवघाट धाममा मकर संक्रान्ति स्नान गर्नेको भीड >>   राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँः राष्ट्रपति पौडेल >>   मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु) >>   प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >>   आज मिति २०८१ साल माघ ०१ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल >>   माइती नेपाललाई एक करोड रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा
Logo
१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

मंगलवार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउदै उनले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरुको जनजीवन रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले भने , ‘परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व मात्र नभएर नेपालीको जनजीवन हो । हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ भन्ने आह्वान गर्दछु । देशमा सुशासन र शान्ति स्थापना गर्नु नै राजनीतिक कर्मीहरुको दायित्व हो ।’

राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापना गर्न जरुरी रहेको बताएका छन्  ।


प्रकाशित मिति: १ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?