Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाल कबड्डी लिगको रोनकता शुरु हुँदै


काठमाडौँ। पहिलो पल्ट हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दै नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता शुरु भएको छ ।

निकै चर्चा र लोकप्रियतासँगै क्रिकेटको फ्रेन्चाइज प्रतिष्पर्धा सकिन नपाउँदै कबड्डीको पनि व्यावयायिक प्रतिष्पर्धा शुरु हुन लागेको हो । आगामी माघ ४ गतेदेखि ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने एनकेएल शुरु हुँदैछ । एनकेएलको पहिलो संस्करण नजिकिँदै गर्दा नेपालमा अर्को फ्रेन्चाइज लिगको चर्चा शुरु भएको हो । विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्दैछन् । सबै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुवन्धित गरिसकेको छ ।

थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । आयोजक एक्स्ट्रोनिक्स म्यानेजमेन्टले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै काठमान्डु माभरिक्सका मार्की खेलाडी घनश्याम रोका मगरलाई सार्वजनिक गरेको छ । उनी पहिलो संस्करणको एनकेएल खेल्ने स्टार खेलाडी हुन् । भारतको चर्चित प्रो कबड्डी लिग खेलिसकेका घनश्यामले नेपाल टोलीका कप्तान पनि हुन् । आयोजकले आगामी शुक्रवारदेखि शुरु हुने एनकेएलको स्टार खेलाडी सार्वजनिक गरेसँगै नेपालमा कबड्डी लिगको चर्चा शुरु भएको हो ।

भारतमा नै जन्मिएका घनश्यामले त्यहीँ नै कबड्डी सिक्दै व्यावसायिक खेलमा सफलतासँगै नेपालको राष्ट्रिय टोलीसम्मको नेतृत्व गरिरहेका छन् । सन् २०२३ मा बंगलादेशमा भएको बंगबन्धु कबड्डी कपबाट नेपाली टोलीमा डेब्यु गरेका घनश्यामले पछिल्ला दुई सिजन भारतको प्रो कबड्डी लिगमा हरायाणा स्टिलर्सबाट खेल्दै आएका छन् । उनको नेतृत्वमा नेपालले जुनियर विश्व च्याम्पियनसिपमा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । उनै घनश्याम नेपाल कबड्डी लिगमा काठमाण्डु माभरिक्सका मार्की खेलाडी हुन् । भारतमा जन्मिएर त्यहाँ नै कर्मथलो बनाएकाले उनी राम्रोसँग नेपाली भाषा बोल्न सक्दैनन् ।

सोमवार पत्रकार सम्मेलनअगाडि नै उनले क्षमा माग्दै हिन्दी भाषामा बोल्ने अनुमति लिएका थिए । केही वर्षअगाडि नेपाल आउँदा कबड्डी खेल त्यति धेरै लोकप्रिय नभए पनि पछिल्ला समय यो खेलले धेरै उचाई लिएको घनश्यामले बताएका छन् । एनकेएलको आयोजनाले नेपाली खेलाडीलाई आफ्नो क्षमता देखाउन राम्रो माध्यम बन्ने उनले विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा धेरै राम्रा खेलाडीहरू रहेको पनि उल्लेख गरेका छन् । आफू नेपालबाट पनि खेल्दै आएको र आगामी दिनमा पनि नेपालकै झण्डामा खेल्ने उनको भनाइ छ ।

घनश्यामले आफ्नो बाबुआमा रोल्पाको लिबाङबाट ३२ वर्षअगाडि काम गर्ने सिलसिलामा भारत गएको बताए । उनले त्यहाँ नै आफू हुर्किएको र त्यही खेल सिकेको उल्लेख गरेका छन् । रेडरको भूमिकामा खेल्दै आएका घनश्याम काठमान्डु माभरिक्सबाट सरोजकुमार सिंहको प्रशिक्षणमा खेल्नेछन् । उनले नेपाल कबड्डी लिगको आयोजनालाई लिएर आफू र अन्य खेलाडी निकै उत्साहित रहेको बताएका छन् । उनले सबै फ्रेन्चाइज टोली राम्रो रहेको उल्लेख गर्दै आफ्नो टोली उपाधि जित्ने गरी खेल्ने विश्वास व्यक्त गरेका छन् । घनश्यामले आफ्नो टोलीमा बंगलादेश र थाइल्याण्डका दुई राम्रो खेलाडी रहेको पनि उल्लेख गरेका छन् । खेलमा यसै हुन्छ भन्न नसकिए पनि लक्ष्य उपाधि जित्नु नै रहेको उनको भनाइ छ ।

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्टमा ८४ खेलाडी उल्लेख थियो । यहाँबाट नै खेलाडी टोलीमा आबद्ध भएका हुन् । सबै टोलीमा नेपाली खेलाडी मार्कीका रूपमा समावेश गरिएको छ । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा र पोखरामा प्रदीप मिजार छन् । सबै टोलीको प्रशिक्षक पनि तय भइसकेको छ । विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् ।

बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ । जनकपुरकी प्रशिक्षक पार्वती १९ औं एशियाली खेलकुदमा नेपाली महिला टिमले काँस्यपदक जित्दाकी प्रशिक्षक हुन् । भारतका सतिशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुई देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?