Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् ।

सोमवार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको राष्ट्रपति पौडेलले अवलोकन गरेका छन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम कारबाही गुणस्तरीय रहेको पाएको र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना रहेको उल्लेख गरेका छन् । उनले आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘काम कारबाही हेर्दाखेरी गुणस्तरीय नै छ र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना हो । आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी अघि बढाउने गरी हामी हरेक हप्ता निर्माण कार्यको मूल्यांकन गर्ने र समीक्षा गरेर अघि बढिरहेका छौँ ।’

संघीय संसद भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?