Trending
>>   पाटन अस्पतालको शवगृहको स्तरोन्नति, अब २४ वटा शव राख्न मिल्ने >>   संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे >>   निन्द्रामा झस्किनु हुन्छ? अपनाउनुस यी प्रभावकारी उपायहरु ! >>   लेबनानका नवनिर्वाचित राष्ट्रपतिद्वारा साइप्रसका समकक्षीसँग भेट >>   काभ्रेको संसारी देवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला >>   मध्य यमनमा ग्यास स्टेशनमा विस्फोट हुँदा १० जनाको मृत्यु >>   पाँचखालका बिरामीलाई निःशुल्क रगत >>   नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित >>   हेटौँडामा एक क्विन्टल गाँजासहित एकजना पक्राउ >>   धरानको चारकोसे जंगलबाट भरूवा बन्दुक सहित पाँच जना पक्राउ
Logo
२८ पुष २०८१, आईतवार
२८ पुष २०८१, आईतवार

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा


चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन बढी आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समारोह समिति गठन गरी माघेसङ्क्रान्तिको तयारी गरिएको हो । उनका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको हो ।

विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोहीअनुसार तयारी गरिएको जानकारी दिए । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधिभर महामहोत्सव लाग्ने बताउँदै उनले करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उल्लेख गरे ।

डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताए । “नदीमा स्नान गर्नेका लागि रेखाङ्कन भइरहेको छ । माघेसङ्क्रान्तिका दिन स्नान गर्न पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ”, उनले भने ।

गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहेकाले उक्त दिन भक्तजनको घुइँचो लाग्ने समितिले जनाएको छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतका हिन्दू धर्मावलम्बीहरू पनि यस दिनमा स्नान गर्न देवघाट आउने गर्दछन् । माघेसङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?