Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा


चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन बढी आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष भीमबहादुर रानाको अध्यक्षतमा एक सय ५१ सदस्यीय मेला व्यवस्थापन मूल समारोह समिति गठन गरी माघेसङ्क्रान्तिको तयारी गरिएको हो । उनका अनुसार मेलालाई व्यवस्थित गर्न २२ वटा उपसमिति गठन गरी काम गरिएको हो ।

विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सङ्क्रान्तिको दिन पाँच लाख भक्तजन आउने अनुमान गरी सोहीअनुसार तयारी गरिएको जानकारी दिए । माघलाई पवित्र महिना मानिने हुँदा यो अवधिभर महामहोत्सव लाग्ने बताउँदै उनले करिब आठ लाख भक्तजन आउने अनुमान गरिएको उल्लेख गरे ।

डुङ्गाको शुल्क निर्धारण, चितवन र देवघाट जोड्ने झोलुङ्गे पुल मर्मत, अस्थायी शौचालय निर्माणलगायत काम सकिएको समितिका अध्यक्ष राना बताए । “नदीमा स्नान गर्नेका लागि रेखाङ्कन भइरहेको छ । माघेसङ्क्रान्तिका दिन स्नान गर्न पाँच लाख भक्तजन आउने अनुमान गरेका छौँ”, उनले भने ।

गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहेकाले उक्त दिन भक्तजनको घुइँचो लाग्ने समितिले जनाएको छ । मुलुकका विभिन्न जिल्लाका साथै भारतका हिन्दू धर्मावलम्बीहरू पनि यस दिनमा स्नान गर्न देवघाट आउने गर्दछन् । माघेसङ्क्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?