Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गरौँः महामन्त्री थापा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने बताएका छन् ।

मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ वागमती प्रदेशको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

उनले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताए । उनले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने , ‘आम नागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौँ भन्ने सोच्छ । भ्रष्टाचारले हामीलाई यति गाँज्यो की हामीले ठिक गति समात्न सकेनौँ भन्ने कतिलाई लागेको छ भने यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौँ । त्यसलाई न्युन गर्ने कुरामा ध्यान दिनुपर्छ । जति नेपाली जनताले सुनेका काण्डहरु छन् । त्यो चाहे वाइडबडी काण्ड होस्, ललिता निवास काण्ड होस्, गिरिबन्धुको होस्, सिभिलको होस् । जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पारौँ । यस भित्र भएको प्रत्येक काण्डहरु अख्तियारले गर्छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्वशक्तिशाली आयोग बनाउनु पर्छ बनाऔँ । बनाइसकेपछि के सन्देश दिनुपर्छ भने यसमा कोको दोषी निस्किन्छ । प्रधानमन्त्री दोषी निस्किन्छ, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद जो दोषी निस्किन्छ, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बहालवाला होस्, भुतपूर्व होस्, जो सुकै होस्, तर नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन, १५ वर्षपछि पनि र २० वर्ष पछि पनि छोड्दैन भन्ने मानक स्थापित गर्नसक्यो भने नौ जवानहरुलाई देश ठिक बाटोमा गयो भन्ने अवस्था बन्छ ।’

महामन्त्री थापाले नेपाली काँग्रेस कानूनको शासन मान्ने बताए । उनले गलत काम गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?