Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत होः उपमहासचिव ज्ञवाली


काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधन संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गर्दै उनले संविधान निर्माणपछि केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल भएको र मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको उल्लेख गरेका छन् । मुलुकमा यावत समस्याहरु रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बीचमा ठूलो खाडल रहेको बताउंदै उनले संविधानबाटै सबै कुराको समाधान खोज्न नहुने उनको भनाइ रहेको छ ।

उनले भने, ‘हामी संविधानको १० औं वर्षमा प्रवेश गरेका छौँ । यस बीचमा केही महत्वपूर्ण उपलब्धिहरु भएका छन् । मुलुक स्वभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरुले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहर भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ । मुलुकमा यावत समस्याहरु छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबीचमा ठूलो ग्याप छ । हामी समाधान कहाँ खोजिरहेका छाँै भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबैकुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरुको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरु पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ । कति संविधानका अन्तरनिहित कमजोरीका कारणले आजको समस्या आएको छ । कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरु, संस्थाहरु र हाम्रा प्रवृत्तिहरुले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधन संशोधन सबै चिजको समाधान हुन सक्दैन । ’

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थयित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसदको स्थिरता वा सरकार र सरकारले अवलम्वन गर्ने नीतिहरुको संगति ? भन्नेबारे स्पष्ट हुनुपर्ने बताए । संविधान आफैंमा गतिशिल दस्ताबेज भएको बताउंदै संविधानलाई अधिकतम लचिलो बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?