Trending
>>   भूकम्पको विवरण संकलन गर्न कमान्ड सेन्टरको निर्देशन ! >>   भुकम्पको धक्का र एन्जाईटीको सम्बन्ध >>   अमेरिकी डलर उकालो लाग्दा, अन्य मुद्राको अवस्था यस्तो छ >>   भूकम्प लगत्तै नेपालको कहाँ कहाँ गईरहेको छ लगातार परकम्प? यस्तो छ अमेरिकी जियोलोजिकल सर्भेको लाइभ… >>   चीनमा यस्तो छ भूकम्पको क्षती >>   भूकम्प गएको एक घन्टामै ७ पराकम्प ! >>   एमाले केन्द्रीय कमिटी बैठक बस्दै >>   आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै >>   भूकम्पको केन्द्रबिन्दु चीन , ७ म्याग्निच्युडको गएको पुष्टि >>   आज २०८१ साल पौष २३ गते मंगलबार,हेर्नुहोस आजको राशिफल
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने


काठमाडौँ । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन (डिडिए) गर्ने निर्णय गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन(डिडिए) गर्ने निर्णय समेत गरेको बताए ।

उनले डिडिए सम्पन्न भइसकेका क्षेत्रहरुमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको समेत जनकारी दिए । उनकाअनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पूनर्निर्माणको लागि आवश्यक कानूनी एवं आर्थिक विषयमा पनि छलफल भएका छन् ।

गृहमन्त्री लेखकले उक्त निर्णयहरु विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेश गरिने बताए । राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यि निर्णयहरु कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आईतवार साँझ ७ बजे बालुवाटारमा बस्दैछन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?