Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुदूरपश्चिममा मनाइने ‘भुवो’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गरेका छन् ।

“पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरबाद र सङ्गठनात्मक अराजकता मौलाउने छ”, उनले भने ।

त्यसअवसरमा एमाले सचिव लेखराज भट्टलले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवी’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्र्दै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?