Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुदूरपश्चिममा मनाइने ‘भुवो’ पर्वका अवसरमा एमाले बझाङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीको सङ्गठनलाई अझ सशक्त बनाउन आवश्यक भएको बताउँदै कार्यकर्तालाई सोहीअनुरुप काम गर्न अनुरोध गरेका छन् ।

“पार्टीलाई अझै प्रभावकारी र अनुशासित बनाउनुपर्ने छ, बेलैमा पार्टीभित्रको अनुशासन कायम गर्न सकिएन भने दक्षिणपन्थी अवसरबाद र सङ्गठनात्मक अराजकता मौलाउने छ”, उनले भने ।

त्यसअवसरमा एमाले सचिव लेखराज भट्टलले बझाङलगायतका जिल्लामा मनाइने ‘भुवी’ पर्व पछिल्लो समयमा लोप हुँदै गएको उल्लेख गर्र्दै त्यसको संरक्षण र उजागर गर्नका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?