Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वन मन्त्रालयका कर्मचारीले सांसदहरुलाई हेप्छन्ः सांसद बलायर


काठमाडौँ । विश्व जलवायु सम्मेलन (कोप २९ ) उपलब्धिमुलक हुन नसकेको भन्दै प्रतिनिधि सभाका सांसदहरुले रोष व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरुले वन मन्त्रालयका कर्मचारीहरु माथि रोष प्रकट गरेका हुन् । वन मन्त्रालयका कर्मचारीहरुको कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन् ।

सार्वभौम संसदका सदस्यको भुमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरुको छ । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताए । कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हाँसिल हुन नसकेको तर्क गरे । उनले वन मन्त्रालयका कर्मचारीहरुले सांसदहरुलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रे) जस्तो ठान्ने गरेको आरोप लगाएका छन् ।

कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भुमिकालाई समेत वन मन्त्रालयले आझेलमा पारेको बताए । जलवायु सम्मेलन जस्ता सम्मेलनहरु निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका असरबिरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भएपनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरका छन् । ठूलाठूला भौतिक संरचना बनउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताएका छन् ।

रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरका छन् । वन मन्त्रालयले समितिसँगको सहकार्य बिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोशिस नगर्न चेतावनी दिएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?