Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

वन मन्त्रालयका कर्मचारीले सांसदहरुलाई हेप्छन्ः सांसद बलायर


काठमाडौँ । विश्व जलवायु सम्मेलन (कोप २९ ) उपलब्धिमुलक हुन नसकेको भन्दै प्रतिनिधि सभाका सांसदहरुले रोष व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरुले वन मन्त्रालयका कर्मचारीहरु माथि रोष प्रकट गरेका हुन् । वन मन्त्रालयका कर्मचारीहरुको कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन् ।

सार्वभौम संसदका सदस्यको भुमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरुको छ । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताए । कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हाँसिल हुन नसकेको तर्क गरे । उनले वन मन्त्रालयका कर्मचारीहरुले सांसदहरुलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रे) जस्तो ठान्ने गरेको आरोप लगाएका छन् ।

कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भुमिकालाई समेत वन मन्त्रालयले आझेलमा पारेको बताए । जलवायु सम्मेलन जस्ता सम्मेलनहरु निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका असरबिरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भएपनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरका छन् । ठूलाठूला भौतिक संरचना बनउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताएका छन् ।

रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरका छन् । वन मन्त्रालयले समितिसँगको सहकार्य बिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोशिस नगर्न चेतावनी दिएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?