Trending
>>   राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा हुने >>   संघीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यकः अर्थमन्त्री पौडेल >>   ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री >>   रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी >>   औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल >>   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका >>   नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा नेपालको एजेण्डा ‘कृषिजन्य वस्तुको निर्यातमा अवरोध हटाउने हुनुपर्छ’ >>   सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी >>   चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो >>   जनमत पार्टीद्वारा कार्यदल गठन
Logo
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अब उर्जाको क्षेत्रबाट नै देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरे ।

उनले अबको सरकारको लक्ष्य २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नेमा हुनुपर्ने बताए । उनले उत्पादनको लागि मुख्य चुनौति ६७ खर्ब रुपैयाँ जुटाउनु रहेको बताए । उनले सरकारले सहज नीति बनाउनसके २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न निजी क्षेत्र तयार रहेको बताएका छन् ।

उनले वन, भूमि लगायतका नीतिगत समस्याहरु सरकारले समाधान गर्नुपर्ने बताए । अब शक्तिशाली उर्जा मन्त्रालय बनाएर सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने , ‘अहिले हामी नेपाली जनतासँग धेरै खालका उद्योगधन्दाहरु थिएनन् । हामी अन्तै बरालिरहेका थियौँ । अब भने उर्जाको क्षेत्रबाट साँच्चै यो देशलाई समृद्ध बनाउने हो भने अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने लाग्छ । आर्थिक क्रान्ति उर्जाबाटै शुरु हुन्छ भन्ने लाग्छ । अब हाम्रो लक्ष्य भनेको २८ हजार ५ सय मेगावाट हो । यसलाई उत्पादन गर्नुपर्छ र यसको सबैभन्दा चुनौति भनेको झन्डै ५० बिलियन डलर भनिएको छ, ६७ खर्ब पैसा चाहिन्छ भन्नेछ । साँच्चै नै नेपाल सरकारले नीति बनाउने हो, सहज नीतिहरु बनाउने हो भने निजी क्षेत्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न तयार छौँ । नेपालमा थुप्रै खालका नीतिगत समस्याहरु पनि छन् । वनका समस्या छन् । भूमिका समस्याहरु छन् । वास्तवमा यसलाई अब शक्तिशाली उर्जा मन्त्रालय बनाउनुपर्छ । सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्नुपर्छ ।’

अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादका लागि सबैभन्दा ठूलो बाधक उर्जा विधेयक भएको उल्लेख गरे । उर्जा विधेयकलाई लगानीमैत्री बनाएर पास गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?