Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बनेको छः अध्यक्ष दाहाल


काठमाडौ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले देशको वर्तमान परिस्थिति जटिल र पेचिलो बन्दै गएको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले देशको वर्तमान परिस्थिति झनै जटिल र पेचिलो बनिरहेको बताएका छन् । बैठकका निर्णयबारे न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीको बैठकमा पेश गर्ने निर्णय भएको बताए । उनले बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिका बारेमा पनि आफ्ना धारणा राख्नुभएको र देशको परिस्थिति झनै जटिल बनिरहेको बताउनुभएको जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाले अहिलेको सरकारले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरु उल्ट्याउने, भ्रष्टाचारी जोगाउने काम गरिरहेको आरोप लगाउदै उनले विद्युत महशुल नतिर्नेहरुको महशुल मिनाह गर्नुपर्ने दबाब प्रधानमन्त्री र उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीले दिइरहनुभएको पनि बताएका छन् । उनले आफ्नालाइ जोगाउने र बिरोधीहरु खोजिखोजि कारबाही गर्ने काम भइरहेको बताए । उनले काँग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलकी श्रीमतीलाई उन्मुक्ति दिइएको आरोप लगाए । उनले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा हस्तक्षेपले सीमा नाघेको पनि बताए ।

उपाध्यक्ष सापकोटाले त्रिभूवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल मंसिर २६ गतेदेखि नै विश्वविद्यालय नगएको बताए । उनले त्रिभूवन विश्वविद्यालयमा पनि दबाब दिने काम हुँदा यो परिस्थिति सिर्जना भएको दाबी गर्दै उनले विश्वविद्यालयको सिनेट बैठक सिंहदरबार बोलाएर कार्यपालिकामा बस्नु गलत भएको बताएका छन् ।

उनले सरकार निरन्तर अधोगतितर्फ उन्मुख भएको बताउदै उनले नेपालीहरुले एक स्वरले नेपाल नेपालीहरुको हो र नेपालीहरुले चलाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको बताए । उनले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?