Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भ्रष्टाचार नियन्त्रण गर्दै मुुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकताः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गर्दै मुुलुकमा सुशासन कायम गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बोल्दै उनले भ्रष्टाचारजन्य कार्यमा शुन्य सहनशीलता र सुशासनको सुनिश्चितता सरकारको दायित्व र कर्तव्य भएको उल्लेख गर्दै सरकार प्रतिवद्ध भएर लागेको बताउदै उनले संविधानको कार्यान्वयनको लागि आवश्यक पर्ने विधेयकहरु छिट्टै सदनमा ल्याइने समेत बताए । उनले मुलुकमा सुशासन कायम गर्न र वर्तमान व्यवस्थाको थप सुदृढिकरणका लागि आवश्यक पर्ने कानून निर्माणमा सरकार प्रतिवद्ध भएर लागेको समेत बताएका छन् ।

उनले सरकार सुशासन र आर्थिक, सामाजिक सुधारका काममा सक्रिय भएर लागेको उल्लेख गर्दै उनले काम गर्ने वातावरण बनाउन सबैसँग आग्रह गरेका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?