Trending
>>   एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल >>   विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन >>   राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छः अध्यक्ष दाहाल >>   नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव >>   नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने >>   अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते >>   सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’ निर्माण गर्ने >>   अनुशासित ढङ्गले सङ्गठन विस्तारमा लाग्न आग्रह >>   गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस्ः सञ्चारमन्त्री >>   रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छः एमाले


काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेका राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रश्तुत गर्ने निर्णय गरेका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए । उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताएका छन् ।

नेकपा एमाले र नेपाली काँग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताएका छन् ।

सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताए । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

उपमहासचिव ज्ञवालीले भने , ‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल गरेका छौँ । सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रिय कमिटीको बैठक समक्ष प्रश्तुत गर्ने निर्णय गरेको छ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ । यो नयाँ सरकार बनेपछि बस्न लागिरहेको पहिलो बैठक बसिरहेको हुनाले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य शुरु गर्नुप¥यो । यसको औचित्य, त्यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु के हुन् ? त्यसको विषयमा चर्चा गरेका छौँ । सरकार गठन यतापटिको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको, केही महत्वपूर्ण कामहरु भएको छ । थुप्रै कामहरु गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ ।’

उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताएका छन्  ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?