Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व


काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेका छन् ।

पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व भएको बताए ।

उनले राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भएपनि केपी ओलीले आफूसँग संवाद नै नगरी स्पष्टिकरण सोधेको कारण स्पष्टिकरण नदिएको बताएका छन् ।

उनले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रष्टिकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट भएको बताए ।

उनले कथित स्पष्टिकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो गरेका छन् ।

उनले भने , ‘मलाई पार्टी गतिविधिमा निषेधित गरिएका अनेकौं घटनाक्रमहरुले सम्झायो । पार्टीमा मेरो लागि कुनै स्थान उल्लेख नहुनु केपी ओलीमो मप्रतिको द्वेष पूर्वाग्रह, निषेधात्मक गतिविधिको प्रतिविम्व हो । मलाई विगतका कुरा कोट्याएर घाउ कोट्याए जस्तो गर्नु थिएन । कथित स्पष्टिकरणबारे केपी ओलीले नै स्पष्ट पार्नुपर्ने । कुनैपनि संस्थामा कार्यरत व्यक्तिलाई तत्काल गरिएको कुनै कामबाट संस्थाको विधान वा हित विपरित काम भएको लागेमा वा देखिएमा व्यक्तिको पृष्ठभूमि वा पर्नसक्ने असरलाई ध्यानमा राखेर छलफल वा कुरा गरिन्छ । राजनीति र त झन आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने हुँदा छलफल र संवादले प्राथमिकता पाउँछ । निर्देशनको आधारमा चल्नुपर्ने प्रशासनिक क्षेत्रमा समेत स्पष्टिकरण सोध्नुअघि छलफल गर्नुपर्ने परिपाटी छ । यस्तो परिपाटी विपरित केपी अ‍ोलिबाट म जस्तो पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रष्टिकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट हुन्छ । अझ तीन वर्षदेखिका कुरा स्पष्टिकरणमा सोधिनु हाँस्यास्पद छ । अतः यस्तो कथित स्पष्टिकरणको मैले जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने देखिन्छ ।’

नेकपा (एमाले) ले उहाँलाई पुस ११ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?