Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सत्तामा रहेकाहरु नै बाहिरि हस्तक्षेप निम्त्याउने उपकरण बनेको भीम रावलको आरोप


काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेको आरोप लगाएका छन् ।

एमालेको कारबाहीपछि अगामि राजनीतिक यात्राबारे जानकारी दिन बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो आरोप लगाएका छन् । उनले ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेको बताएका छन् ।

उनले देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि उदांगो भइरहेको बताए । उनले राजनीतिक पद, धन र नियतलाई स्वार्थपूर्तिको माध्याम बनाइएको आरोप लगाए । देशको संस्कृति र मर्यादामा गम्भिर प्रहार भइरहेको उनको आरोप छ ।

उनले भने , ‘राष्ट्रियता, स्वाधिनता एकदमै कमजोर बनाइएको छ । राजनीतिक पद, धन र नियत स्वार्थपूर्तिको माध्याम बनाइँदैछ । ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेका छन् । जसरि जोसँग मिलेर भएपनि पद फत्याउने होड चलिरहेको छ । अन्तरराष्ट्रिय सम्बन्ध र कुटनीति एकदमै फितलो र लज्जास्पद बनाइएको छ । असमान सन्धि सम्झौताहरुको भारी निरन्तर बढ्दो छ र सिमा र सम्पती असुरक्षित बनेको छ । विप्रेसणको आधारमा अर्थतन्त्र थामिएको छ । कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार, उद्योग, वन पैदावार लगायत प्राकृतिक स्रोत र रोजगारी लगायत सबै क्षेत्र देश र जनताको हित र निर्देशिका बमोजिम चलाइएका छैनन् । एक करोड नेपाली देश बाहिर गएको, एक तिहाई जग्गा बाँझो र झन्डै पाँच लाख घर रित्तिएका छन् । देशको संस्कृति र मर्यादामा घम्भिर प्रहार भइरहेको छ । देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि अर्को उदांगो भइरहेका छन् । कतिपय भ्रष्टाचार काण्डमा ठूला भनिएकाहरुलाई जोगाइँदैछ । वा भ्रष्टाचारमा पर्दा हाल्ने दुष्प्रयास हुँदैछ । कमिसन र घुसखोरि महामारी नै बनिरहेको छ । बाहिरी हस्तक्षेप व्यापक बनेको छ । सत्तामा हालि मुुहाली गर्ने ठूला भनिएकाहरु नै यस्तो हस्तक्षेप निम्त्याउने उपकरण बनेका छन् ।’

नेता रावललाई पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरेका थिए ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?