Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सत्तामा रहेकाहरु नै बाहिरि हस्तक्षेप निम्त्याउने उपकरण बनेको भीम रावलको आरोप


काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेको आरोप लगाएका छन् ।

एमालेको कारबाहीपछि अगामि राजनीतिक यात्राबारे जानकारी दिन बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो आरोप लगाएका छन् । उनले ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेको बताएका छन् ।

उनले देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि उदांगो भइरहेको बताए । उनले राजनीतिक पद, धन र नियतलाई स्वार्थपूर्तिको माध्याम बनाइएको आरोप लगाए । देशको संस्कृति र मर्यादामा गम्भिर प्रहार भइरहेको उनको आरोप छ ।

उनले भने , ‘राष्ट्रियता, स्वाधिनता एकदमै कमजोर बनाइएको छ । राजनीतिक पद, धन र नियत स्वार्थपूर्तिको माध्याम बनाइँदैछ । ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आधारहिन बाटोमा लागेका छन् । जसरि जोसँग मिलेर भएपनि पद फत्याउने होड चलिरहेको छ । अन्तरराष्ट्रिय सम्बन्ध र कुटनीति एकदमै फितलो र लज्जास्पद बनाइएको छ । असमान सन्धि सम्झौताहरुको भारी निरन्तर बढ्दो छ र सिमा र सम्पती असुरक्षित बनेको छ । विप्रेसणको आधारमा अर्थतन्त्र थामिएको छ । कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार, उद्योग, वन पैदावार लगायत प्राकृतिक स्रोत र रोजगारी लगायत सबै क्षेत्र देश र जनताको हित र निर्देशिका बमोजिम चलाइएका छैनन् । एक करोड नेपाली देश बाहिर गएको, एक तिहाई जग्गा बाँझो र झन्डै पाँच लाख घर रित्तिएका छन् । देशको संस्कृति र मर्यादामा घम्भिर प्रहार भइरहेको छ । देशको चित्कार र जनताको पीडामा ध्यान दिनुको साटो देशव्यापी भ्रष्टाचार र ठूला काण्डमा नेतृत्वमा रहेकाहरु नै संलग्न रहेका घटनाहरु एकपछि अर्को उदांगो भइरहेका छन् । कतिपय भ्रष्टाचार काण्डमा ठूला भनिएकाहरुलाई जोगाइँदैछ । वा भ्रष्टाचारमा पर्दा हाल्ने दुष्प्रयास हुँदैछ । कमिसन र घुसखोरि महामारी नै बनिरहेको छ । बाहिरी हस्तक्षेप व्यापक बनेको छ । सत्तामा हालि मुुहाली गर्ने ठूला भनिएकाहरु नै यस्तो हस्तक्षेप निम्त्याउने उपकरण बनेका छन् ।’

नेता रावललाई पुस १० गते एमाले सचिवालय बैठकले पार्टीको साधारण सदस्यसमेत नरहनेरी निष्कासन गरेका थिए ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?