Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पतीः अध्यक्ष राउत


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताएका छन् ।

बुधवार माईतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे ।

उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए । उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नोआफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताए । उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताएका छन् ।

उनले भने , ‘नेपाल विविधतापूर्ण देश हो । यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन् । हाम्रो लागि त्यो कमजोरी होइन । यो हाम्रो लागि सम्पती हो । यो सबैलाई हामीले सम्मान गर्नुपर्छ । त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ । नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो । लामै संघर्ष गर्‍यौँ । त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ । त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ । आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन । सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो ।’

राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माईतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए । उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?