Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उज्वेकिस्तानद्वारा २०२५ लाई वातावरण संरक्षण, हरित अर्थतन्त्रको वर्ष घोषणा


काठमाडौँ । नयाँ वर्षको आगमनमा उज्वेकका राष्ट्रपति शावकत मिर्जियोयेभले २०२५ लाई देशको लागि वातावरण संरक्षण र हरित अर्थतन्त्रको वर्ष घोषणा गरेका छन् ।

देशको मुख्य लक्ष्य आर्थिक प्रणाली र वातावरण बीचको दिगो सन्तुलनका साथै व्यवसायका लागि थप अवसरहरू सिर्जना गर्नु हो । उज्वेक नेताले निजी सम्पतीको संरक्षण र विदेशी लगानीलाई सक्रिय रूपमा आकर्षित गर्न देशले निर्णायक रूपमा काम गरिरहने बताए ।

मिर्जियोयेभले सन् २०२४ लाई समृद्ध र नयाँ उज्वेकिस्तानको विचार वास्तविकतामा परिणत हुने वर्षका रुपमा मनाइएको बताए । सन् २०२४ लाई उज्वेकिस्तानमा युवा र व्यवसायका लागि सहयोगको वर्ष घोषणा गरिएका थिए ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?