Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इजिप्ट २०२४/२०२५ को पहिलो त्रैमासिक जीडीपी वृद्धिदर ३.५ प्रतिशत


काठमाडौँ । आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिक (क्यु १) मा इजिप्टको वास्तविक जीडीपी वृद्धिदर जुलाई १ देखि सेप्टेम्बर ३० सम्ममा ३.५ प्रतिशतमा पुगेको छ ।

जुन आर्थिक वर्ष २०२३/२०२४ को सोही अवधिमा २.७ प्रतिशत थियो । योजना, आर्थिक विकास र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिअनुसार प्रमुख क्षेत्रहरू विशेष गरी गैर–पेट्रोलियम उत्पादनमा बलियो कार्यसम्पादन रहेकाले यो सुधार आएको हो ।

यस क्षेत्रले आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिकमा आर्थिक वर्ष २०२३/२०२४ को सोही अवधिको तुलनामा ७.१ प्रतिशत वृद्धि दर रेकर्ड गर्दै लगातार दोस्रो त्रैमासिकमा सकारात्मक वृद्धि देख्यो । मन्त्रालयका अनुसार मार्च २०२४ देखि समष्टिगत आर्थिक स्थायित्व पुनस्र्थापना र सार्वजनिक लगानीको सुशासनलाई सुदृढ पार्न आर्थिक सुधार नीतिहरूले पनि जीडीपी वृद्धिदरमा योगदान पुर्‍याएका छन् ।

इजिप्टले २०२४/२०२५ को पहिलो त्रैमासिकमा स्वेज नहर गतिविधिमा ६८.४ प्रतिशत संकुचन भएपनि यो वृद्धि हासिल गरेका हुन् । क्षेत्रीय भूराजनीतिक तनावले यसको राजश्व घटाएका छन् ।

मन्त्रालयले आर्थिक वर्ष २०२४/२५ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?