Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

इजिप्ट २०२४/२०२५ को पहिलो त्रैमासिक जीडीपी वृद्धिदर ३.५ प्रतिशत


काठमाडौँ । आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिक (क्यु १) मा इजिप्टको वास्तविक जीडीपी वृद्धिदर जुलाई १ देखि सेप्टेम्बर ३० सम्ममा ३.५ प्रतिशतमा पुगेको छ ।

जुन आर्थिक वर्ष २०२३/२०२४ को सोही अवधिमा २.७ प्रतिशत थियो । योजना, आर्थिक विकास र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिअनुसार प्रमुख क्षेत्रहरू विशेष गरी गैर–पेट्रोलियम उत्पादनमा बलियो कार्यसम्पादन रहेकाले यो सुधार आएको हो ।

यस क्षेत्रले आर्थिक वर्ष २०२४/२०२५ को पहिलो त्रैमासिकमा आर्थिक वर्ष २०२३/२०२४ को सोही अवधिको तुलनामा ७.१ प्रतिशत वृद्धि दर रेकर्ड गर्दै लगातार दोस्रो त्रैमासिकमा सकारात्मक वृद्धि देख्यो । मन्त्रालयका अनुसार मार्च २०२४ देखि समष्टिगत आर्थिक स्थायित्व पुनस्र्थापना र सार्वजनिक लगानीको सुशासनलाई सुदृढ पार्न आर्थिक सुधार नीतिहरूले पनि जीडीपी वृद्धिदरमा योगदान पुर्‍याएका छन् ।

इजिप्टले २०२४/२०२५ को पहिलो त्रैमासिकमा स्वेज नहर गतिविधिमा ६८.४ प्रतिशत संकुचन भएपनि यो वृद्धि हासिल गरेका हुन् । क्षेत्रीय भूराजनीतिक तनावले यसको राजश्व घटाएका छन् ।

मन्त्रालयले आर्थिक वर्ष २०२४/२५ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन् ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?