Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छः पूर्वअर्थमन्त्री महत


काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनु पर्नेमा जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले भन्सार प्रशासन प्रभावकारी,राजश्व पनि वृद्धि ,व्यवसायीहरुलाई अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र भन्सार छलीलाई रोक्ने गरी ऐन बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले भन्सार ऐनलाई अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमनमा परिमार्जन भएका नीतिहरु अनुरुप नेपालको भन्सार ऐनमा परिमार्जजित गरी भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने बताएका छन् ।

उनले कति वस्तुमा भन्सार लगाउने वा भन्सार नलगाउने विषय ऐनमा समावेश गर्न नहुने बताए । उनले यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने विषय भएको बताए ।

उनले भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्ने उल्लेख गरे । उनले भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धतिको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने ,‘भन्सार प्रशासन प्रभावकारी हुने,राजश्व पनि वृद्धि हुने,व्यवसायीहरु अनावश्यक भन्सार प्रक्रियाको झमेलामा नपर्ने र दुरुपयोगलाई कसरी रोक्न सकिन्छ । अन्तर्राष्ट्रिय रुपमा भन्सार नीति र नियमन परिमार्जन भइरहेको छ । त्यहीअनुसार नेपालले पनि कसरी परिमार्जजित गर्ने विषय वस्तु भन्सार सम्बन्धि कानून ल्याउनुपर्ने कारण हो । कति वस्तुमा भन्सार ल्याउन दिने वा नदिने र भन्सार लगाउने विषय ऐनमा आउँदैन । यो विषय सरकारले बजेटमा कर निर्धारण गर्ने समयमा राख्ने हो । भन्सार व्यवस्थापन पारदर्शी र प्रविधिमैत्री बनाउने कुरामा प्राथमिकता दिनुपर्छ । भन्सार प्रविधिलाई भौतिक रुपमा मानिस उपस्थित भएर गर्ने विगतको पद्धति थियो । त्यसको अन्त्य गरी भन्सार प्रणालीलाई कसरी प्रविधिमैत्री बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ ।’

उनले आर्थ मन्त्रालयले आन्तरिक रुपमा भन्सार प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन सुधारको आवश्यकता पहिचान गरी ऐनमा व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?