Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च गर्ने


काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गरेका छन् ।

मंगलवार काठमाडौंमा केन्द्रिय समितिको निर्णयहरु जानकारी गराउँदै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताएका हुन् ।

अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रिय समिति, ज.व.स. मोर्चाका नेता, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने जानकारी दिए । बैठकले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुविकरणलाई तिब्रता दिने निर्णय गरेको बताएका छन् ।

पार्टीले आगामी २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेका छन् । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने बताएका छन् ।

पार्टीले देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भण्डाफोर चलाउने, भ्रष्टाचार, कमिसनखोरी, मिटरब्याज, बैंक ब्याजआतंक विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने, सुकुम्वासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरु सञ्चालन गर्ने र युवा पलायनता रोक्न जागरण अभियान चलाउने निर्णय समेत गरेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?