Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च गर्ने


काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गरेका छन् ।

मंगलवार काठमाडौंमा केन्द्रिय समितिको निर्णयहरु जानकारी गराउँदै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताएका हुन् ।

अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रिय समिति, ज.व.स. मोर्चाका नेता, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने जानकारी दिए । बैठकले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुविकरणलाई तिब्रता दिने निर्णय गरेको बताएका छन् ।

पार्टीले आगामी २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेका छन् । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने बताएका छन् ।

पार्टीले देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भण्डाफोर चलाउने, भ्रष्टाचार, कमिसनखोरी, मिटरब्याज, बैंक ब्याजआतंक विरुद्ध जनसंघर्ष सञ्चालन गर्ने, सुकुम्वासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरु सञ्चालन गर्ने र युवा पलायनता रोक्न जागरण अभियान चलाउने निर्णय समेत गरेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?