Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

बालविवाह अन्त्यका लागि तीन तहका सरकारले जिम्मेवार भएर अभियान सञ्चलान गर्न जरुरी : मन्त्री भण्डारी


काठमाडौँ । प्रदेश मन्त्रीहरुले बालविवाह अन्त्यका लागि अन्तरक्रिया र गोष्ठी नभई तीन तहका सरकारले जिम्मेवार भएर अभियान सञ्चलान गर्न जरुरी रहेको बताएका छन् ।

मंगलवार ललितपुरमा बालविवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश मन्त्रीहरुले यस्तो बताएका हुन् । बालविवाह न्युनिकरणका लागि समाजसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्नेमा उनीहरुको जोड छ ।

बालविवाह अन्त्यका लागि सबै तहका सरकारले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको प्रदेशमन्त्रीहरुले बताए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बाल विवाहको अन्त्यको लागि अन्तरक्रिया नभई अभियानको थालनी गर्नुपर्ने बताएका छन् ।

सामाजमा मानवीयता हराउदै गएको उल्लेख गर्दै उनले समाजलाई लयमा ल्याउन सबैले जिम्मेवार भएर कानूनको अक्षरशः पालना गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘हामीले बाल विवाहको लागि अभियानको थालनी गर्ने हो अन्तरक्रिया होइन । मुलुकमा लोकतन्त्र खतरामा छ, मानवीयता हराउँदै गएको छ । यसको लागि म ठिक छु, मेरो व्यवस्था ठिक छ भन्दै कानूनमा उल्लेख गरिएका कुराहरु अक्षरस पालना आफैंबाट गर्नुपर्छ भावना पलाओस् ।’


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?