Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हु्न् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उनिहरुको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताए ।

उहाँले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताए । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गरे । उनले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताएका छन् ।

उनले भने , ‘समिति मिटिङको कोरम पुर्‍याउनलाई पनि आप्ठ्यारो जस्तो भयो । यस्तै हुने हो भने जिम्मेवार नभए जस्तो देखिने भयो हामी सबै पनि । यसका लागि अनिवार्य रुपमा हाम्रो क्यालेण्डर चाहिने भयो । हाउस खुला भयो भने त्यहाँको कार्यक्रमहरुलाई ध्यान दिएर त्यहीअनुसारले तयार होला । नभए हामीले १५ दिनको हुन्छ कि २० दिनको हुन्छ संसद खुल्नु भन्दा पहिलेको भएपनि एउटा क्यालेण्डर बनाउँ । क्यालेण्डर बनेको अवस्थामा अरु कामहरु गर्न पनि पाइयो । यो त निकै आप्ठ्यारो भयो । अर्को, अनुगमनहरु हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरुमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरुमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौं ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताए । उनले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने ? भन्दै प्रश्न समेत गरेका छन् । उनले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराएका छन् ।

उनले भने , ‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटि पनि भन्ने गर्छौं । हामीले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरु दिने ? यो कुराको सुनिश्चितता हुनुपर्‍यो । अनि बैठकको बारेमा जानकनरी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरु भइरहेका छन् । यसमा समितिज्यूले पनि ध्यान दिनुपर्‍यो है । ’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताए । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?