Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हु्न् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उनिहरुको भनाइ छ ।

बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताए ।

उहाँले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताए । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गरे । उनले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताएका छन् ।

उनले भने , ‘समिति मिटिङको कोरम पुर्‍याउनलाई पनि आप्ठ्यारो जस्तो भयो । यस्तै हुने हो भने जिम्मेवार नभए जस्तो देखिने भयो हामी सबै पनि । यसका लागि अनिवार्य रुपमा हाम्रो क्यालेण्डर चाहिने भयो । हाउस खुला भयो भने त्यहाँको कार्यक्रमहरुलाई ध्यान दिएर त्यहीअनुसारले तयार होला । नभए हामीले १५ दिनको हुन्छ कि २० दिनको हुन्छ संसद खुल्नु भन्दा पहिलेको भएपनि एउटा क्यालेण्डर बनाउँ । क्यालेण्डर बनेको अवस्थामा अरु कामहरु गर्न पनि पाइयो । यो त निकै आप्ठ्यारो भयो । अर्को, अनुगमनहरु हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरुमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरुमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौं ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताए । उनले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने ? भन्दै प्रश्न समेत गरेका छन् । उनले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराएका छन् ।

उनले भने , ‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटि पनि भन्ने गर्छौं । हामीले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरु दिने ? यो कुराको सुनिश्चितता हुनुपर्‍यो । अनि बैठकको बारेमा जानकनरी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरु भइरहेका छन् । यसमा समितिज्यूले पनि ध्यान दिनुपर्‍यो है । ’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताए । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उनको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?