Trending
>>   गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस्ः सञ्चारमन्त्री >>   रास्वपाले संविधान संशोधनबारे दलको धारणा तय गर्ने >>   स्पेसएक्सले सातौं स्टारशिप परीक्षण उडानको तयारी गर्दै >>   सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा >>   वन मन्त्रालयका कर्मचारीले सांसदहरुलाई हेप्छन्ः सांसद बलायर >>   २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौंः मन्त्री खड्का >>   अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की >>   लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छः विमलेन्द्र निधी >>   असहाय, विपन्न, कमजोर, बेसहाराहरुको लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत >>   उज्वेकिस्तानको मुद्रास्फीति डिसेम्बर २०२४ मा ९.८ प्रतिशत बढ्यो
Logo
२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

आ.व. २०८०/८१ मा प्राधिकरणको आम्दानी १४ अर्व ७१ करोड ३८ लाख रुपैयाँ


काठमाडौँ । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्यांक प्रश्तुत गरेका हुन् ।

प्राधिकरणको वार्षिक प्रगति विवरण प्रश्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए ।

सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए ।

उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो संख्या करिव १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालवाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए ।

जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए । हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको बताए ।

उनले भने , ‘सन् २०२३ को नोभेम्बर सम्ममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ,गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेकोमा सन् २०२४ को नोभेम्बरसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२४ को नोभेम्बरसम्म सो संख्या ८७ लाख ६० हजार ३०२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु संख्यामा करिव १३ प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भए पश्चात यो संख्या २८ भएको छ । जसबाट नेपालवाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ भने आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको छ । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १,१२० उडान सञ्चालन भएको छ ।’

महानिर्देशक अधिकारीले गत आ.व. २०८०÷८१ मा प्राधिकरणले १४ अर्व ७१ करोड ३८ लाख आम्दानी गरेको बताए । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ ।गत वर्ष पुँजिगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए ।

उनकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताएका छन् ।

उनले भने , ‘गत आ.व. २०८०÷८१ को प्रोभिस्नियल फाइनान्स स्टेटमेण्टअनुसार प्राधिकरणको आय एरोनटिकलतर्फ रु.११ अर्ब ५१ करोड ८९ लाख तथा ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख गरी जम्मा रु १४ अर्व ७१ करोड ३८ लाख आम्दानी भएको छ । गत वर्ष पुँजिगततर्फ नेपाल सरकारको सहित रु. १० अर्ब ५२ करोड ७० लाख लगानी भएको छ भने कार्य सञ्चालन खर्चतर्फ रु.४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च रु. ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च रु. १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च रु.१ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा रु.११ अर्ब ३३ करोड ६१ लाख खर्च भएको छ । यसले गर्दा प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा रु.३ अर्ब ३७ करोड ७८ लाख रहेको देखिन्छ ।’

महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सिमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिइ क्षमता बिस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिव १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान विसान क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?