Trending
>>   आज मिति २०८२ साल असार ०३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

तीन महिनापछि धुलिखेलमा खानेपानी वितरण


काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि पानी वितरण सुरु भएको छ ।

गत असोज दोस्रो साताको बाढी पहिरोले आयोजनामा क्षति पुर्‍याएपछि नगर क्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त स्थानमा पाइप जडान गरी पानी वितरण सुरु गरिएको धुलिखेल खानेपानी तथा सरसफाइ समितिले जनाएको छ ।

उक्त आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका-१२ स्थित पाल्पाले गाउँको विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । आयोजनाबाट तीन हजार दुई सय घरमा खानेपानी वितरण भएको छ ।

हाल धुलिखेलस्थित मुख्य ट्यांकीमा पानी आइसकेपछि वितरणका क्रममा पाँच लाख लिटरको अर्को ट्यांकीमा प्राविधिक समस्या देखिएकाले केही वडामा पानी वितरण गर्न एक/दुई दिन लाग्ने समितिका अध्यक्ष कृष्ण भूषण श्रेष्ठले बताए । उनका अनुसार तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न रु. १९ लाख ७९ हजार खर्च भएको छ ।

आयोजनाको स्थायी पुनः निर्माण गर्न रु. तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पुनः निर्माणका लागि गत कात्तिक तेस्रो साता जर्मन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख अशोक ब्याञ्जूको टोलीले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणमा सहयोगका लागि अनुरोध गरेको थियो ।

जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले प्रस्तावको कार्यान्वयनस्वरुप रु. एक करोड ४५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले जानकारी दिए । जर्मनीबाट प्राप्त सो रकम आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनः निर्माणमा खर्च गरिने जनाइएको छ । बाढी पहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयहरू तीन महिनादेखि खानेपानी विहीन थिए ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?