Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवर्द्धन गर्ने सीको वाचा


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भने , “अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन र विश्व शान्ति तथा विकासलाई प्रवर्द्धन गर्न दृढ रहनेछ ।”

सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गरेपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ । जसका कारण केही नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्न प्रेरित गरेका छन् । युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैनन् ।

सिसिटिभीका अनुसार सीले पुटिनलाई भने , “एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।”

दुवै राष्ट्रपतिबिच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले आफ्ना रूसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भन्नुभएको छ भने पुटिनले उनलाई आफ्नो ‘भरपर्दो साझेदार’ मनछन् ।

युक्रेनमा रूसको युद्धले प्रदर्शित गरे जस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजुद उनीहरुको सम्बन्ध स्थिर रहेको छ ।

सिसिटिभीका अनुसार ‘दुई देशबिचको सम्बन्धमा नयाँ महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गरे ।

“साढे तीन दशकको उतारचढावपछि, चीन–रूस सम्बन्धहरू अझ परिपक्व र स्थिर बन्दै गएका छन्”, सीले भने ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?