Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवर्द्धन गर्ने सीको वाचा


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई नयाँ वर्षको सन्देशमा ‘विश्व शान्ति’ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार सीले भने , “अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि चीन सुधारलाई थप व्यापक रूपमा गहिरो बनाउन र विश्व शान्ति तथा विकासलाई प्रवर्द्धन गर्न दृढ रहनेछ ।”

सन् २०२२ फेब्रुअरीमा छिमेकी युक्रेनमा पुटिनले पूर्ण आक्रमण गरेपछि चीनले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरूको विपरीत आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

तर चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक साझेदार बनेको छ । जसका कारण केही नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘सक्षमकर्ता’ ब्रान्ड गर्न प्रेरित गरेका छन् । युद्धलाई बेइजिङले कहिल्यै निन्दा गरेको छैनन् ।

सिसिटिभीका अनुसार सीले पुटिनलाई भने , “एक शताब्दीमा नदेखिएका तीव्र विकासोन्मुख परिवर्तनहरू र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रूस गुटनिरपेक्षता, गैर–टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर हातेमालो गर्दै अघि बढेका छन् ।”

दुवै राष्ट्रपतिबिच बलियो व्यक्तिगत सम्बन्ध छ । सीले आफ्ना रूसी समकक्षीलाई आफ्नो ‘सबैभन्दा असल मित्र’ भन्नुभएको छ भने पुटिनले उनलाई आफ्नो ‘भरपर्दो साझेदार’ मनछन् ।

युक्रेनमा रूसको युद्धले प्रदर्शित गरे जस्तै पश्चिमी देशहरूसँग बढ्दो तनावको एक दशकका बावजुद उनीहरुको सम्बन्ध स्थिर रहेको छ ।

सिसिटिभीका अनुसार ‘दुई देशबिचको सम्बन्धमा नयाँ महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै’ सन् २०२४ मा चीन र रुसबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव भएको कुरा सीले पुटिनलाई उल्लेख गरे ।

“साढे तीन दशकको उतारचढावपछि, चीन–रूस सम्बन्धहरू अझ परिपक्व र स्थिर बन्दै गएका छन्”, सीले भने ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?