Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन्ः सभापति देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए ।

उनले खेलकुदमा युवाहरु बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘खेलकुद जगत अत्यन्तै महत्वपूर्ण जगत हो । एउटा भनाइ छ, स्वस्थ शरीरमा स्वस्थ दिमाग रहन्छ । खेलकुद स्वयं स्वस्थ शरीरका लागि अत्यन्त आवश्यक छ । यो कहावत मात्रै होइन, वास्तविकता पनि हो । खेलकुदका समस्याहरु छन् । खेलकुमा लागेका साथीहरुको लागि अहिले केही कुरा उठेका छन्, ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरुको कमिटी थियो । त्यसलाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि, सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागू गर्नुपर्दछ । कसले मान्छ, मान्दैन भन्नेकुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागू पनि गर्नुपर्छ । नेपालमा खेलकुद जगतमा बढी ब्यस्त लागेका साथीहरुले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ । कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन । खेलकुदमा युवाहरु बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरु लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’

सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?