Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

श्रीलंकाको लागि नेपाली राजदुतमा पूर्णबहादुर नेपाली सर्वसम्मत अनुमोदित


काठमाडौँ । श्रीलंकाको लागि नेपाली आवासीय राजदुतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

आईतवार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय राजदुत र माल्दिभ्सको लागि गैरआवासीय राजदुतमा अनुमोदन गरेको हो । बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताएका छन् ।

सरकारले गत मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदुत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुत पदमा प्रश्ताव गरी पठाएका थिए ।

समितिले राज्यका कुनैपनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेका छन् । समितिले राजदुतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएका छन्


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?