Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन् ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पुरा गरिसकेको दाबी गरेका छन् ।

उनले सदर चिडियाखानालाई रात्रिकालिन रुपमा चलाउनको लागि सम्भव भए / नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गरे । उनले ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरुको थालनि गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन । पछिल्लो कालखण्डमा जावलाखेल प्रवेश गर्दाखेरि पहिला दुई वटा गेट थियो त्यो गेटमा बार राखिएको थियो । त्यो गेटको नाम नै टाइगर गेट थियो । लगभग ५० औँ वर्ष त्यो गेट हराएको थियो हालसालै हामीले त्यो गेट पनि राखेका छौं । त्यही भएर यहाँले पनि राम्रोसँग हेरिदिुनस् बाघ पनि राम्रै छ त्यहाँ । हामीले बोलेका कामहरु सबै पूरा भएका छन् । तर म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौं न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहान्छु । किनभने यहाँ रात्रिकालिन क्रियाकलापहरु छैनन् । रात्रिकालिन क्रियाकलापहरु शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा शुरु गरौं । त्यसपछि बिस्तारै बिस्तार गर्दै जाउँला ।’

उनले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?