Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ, महानगर लगानी गर्न तयार छः चिरिबाबु महर्जन


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन् ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पुरा गरिसकेको दाबी गरेका छन् ।

उनले सदर चिडियाखानालाई रात्रिकालिन रुपमा चलाउनको लागि सम्भव भए / नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गरे । उनले ललितपुर महानगरमा रात्रिकालिन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालिन क्रियाकलापहरुको थालनि गर्नुपर्ने बताएका छन् ।

उनले भने , ‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन । पछिल्लो कालखण्डमा जावलाखेल प्रवेश गर्दाखेरि पहिला दुई वटा गेट थियो त्यो गेटमा बार राखिएको थियो । त्यो गेटको नाम नै टाइगर गेट थियो । लगभग ५० औँ वर्ष त्यो गेट हराएको थियो हालसालै हामीले त्यो गेट पनि राखेका छौं । त्यही भएर यहाँले पनि राम्रोसँग हेरिदिुनस् बाघ पनि राम्रै छ त्यहाँ । हामीले बोलेका कामहरु सबै पूरा भएका छन् । तर म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौं न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहान्छु । किनभने यहाँ रात्रिकालिन क्रियाकलापहरु छैनन् । रात्रिकालिन क्रियाकलापहरु शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा शुरु गरौं । त्यसपछि बिस्तारै बिस्तार गर्दै जाउँला ।’

उनले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?