Trending
>>   कस्तो रहला आज देशभरको मौसम ? >>   पन्चैबाजा संरक्षणमा आमा समूह >>   आज २०८१ साल पौष १७ गते बुधबार ,हेर्नुहोस आजको राशिफल >>   मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह >>   बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारको सहकार्य जरुरी: मन्त्री राई >>   भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छः पूर्वअर्थमन्त्री महत >>   भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाइ र लगानी आकर्षित गर्न सरकारले नयाँ भन्सार ऐन ल्याएको होः अर्थमन्त्री… >>   मालदार र बद्नाम अड्डाबाट भन्सारलाई रुपान्तरण गर्नेगरी ऐन बनाउनुपर्छः उपसभापति वाग्ले >>   भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यकः सूर्यनाथ उपाध्याय >>   हवाई उडानको अनुमति दिने/नदिने विषय स्थानीय तह र राष्ट्रिय निकुञ्जको होइन, कारबाही हुन्छः महानिर्देशक अधिकारी
Logo
१७ पुष २०८१, बुधबार
१७ पुष २०८१, बुधबार

अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको होः शेखर कोईराला


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् ।

आईतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन् ।

उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए । नेता कोईरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता काँग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए । उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताउएका छन् ।

उनले भने , ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ । अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर ? तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो । त्यसमा एमालेका साथीहरु पनि हुनुहुन्थ्यो । त्यसपछि पनि ०५६ को आम निर्वाचन हुनुभन्दा पहिला नेपाली काँग्रेसको गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेस र एमाले मिलेर हामीले चुनाव पनि गराएका थियौँ । अहिले जसरी सरकार दुई, दुई महिना, तीन, तीन महिनामा परिवर्तन भइरहेको देखिरहनुभएको छ । तपाईंहरुलाई दिक्क लागिसकेको थियो । राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो । केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन । सुशासनका कुराहरु पनि भइरहेका छैनन् । भ्रष्टाचारका कुराहरु पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरु ल्याउनुपर्छ भन्ने कुराहरु नेपाली काँग्रेस र एमालेमा भयो । त्यही तहत हामी सरकारमा गएको । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ । अहिले एमालेको नेतृत्वमा छ, अब डेढ वर्ष बाँकी छ । डेढ वर्षपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार आउँछ । चुनावमा हामी होमिन्छौँ । यो हप्तादेखि नेपाली काँग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’

नेता कोईरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताएका छन् । देश अराजकतातिर जान नदिन सबै गम्भीर रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?