Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टर्की प्रहरीद्वारा विद्रोहमा संलग्न रहेको आरोपमा ९३ जना संदिग्ध पक्राउ


काठमाडौँ । टर्की प्रहरीले सन् २०१६ को ‘कु’ प्रयासमा संलग्न रहेको शंकास्पद व्यक्तिलाई लक्षित गरी सञ्चालन गरेको कारबाहीमा ९३ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् ।

येर्लिकायाले १० दिनमा २७ प्रान्तहरूमा जारी अपरेसनहरू सञ्चालन गरिएको बताए । गिरफ्तार व्यक्तिहरूलाई गुलेन आन्दोलनको संरचनामा संलग्नताको लागि खोजिएका थिए । जसलाई टर्की सरकारले जुलाई १५, २०१६ को कू प्रयासको लागि जिम्मेवार ठहर गरेका छन् ।

यर्लिकायाका अनुसार संदिग्धहरूलाई मुख्य व्यक्तिहरूलाई सम्पर्क गर्न पेफोनहरू प्रयोग गरेको र एन्क्रिप्टेड सञ्चार अनुप्रयोग बाइलक प्रयोग गरेको आरोप पनि लगाएका छन् । छापा मार्दा टर्किस लिरासँगै ठूलो मात्रामा विदेशी मुद्रा र ठूलो संख्यामा कागजात र डिजिटल सामग्री पनि बरामद गरिएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा सेप्टेम्बरमा निधन भएका मुस्लिम धर्मोपदेशक फेथुल्लाह गुलेनको नेतृत्वमा र नामाकरण गरिएको आन्दोलनलाई टर्की सरकारले कू प्रयासको मास्टरमाइन्ड गरेको आरोप लगाएका छन् ।

परिणामस्वरूप २५० भन्दा बढी व्यक्तिको मृत्यु भएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?