Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्किएद्वारा ६५६ अनियमित आप्रवासी, ५२ मानव तस्कर पक्राउ


काठमाडौँ । टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानमा ३२ विदेशी नागरिकसहित आप्रवासी तस्करीमा संलग्न ५२ जनालाई पक्राउ गरेका छन् ।

आन्तरिक मन्त्री अली येर्लिकायाले यस्तो जानकारी दिएका हुन् । कुल ६५६ अनियमित आप्रवासीहरू पनि पक्राउ परेका छन् । उनीहरूलाई गृह देशहरूमा फिर्ता पठाउन प्रयासहरू भइरहेको बताइएका छन् ।

शिल्ड–३६ नाम दिइएको उक्त अपरेशनमा २६ हजार ४५६ कर्मचारीको सहभागिता रहेका थिए । अधिकारीहरूले ५ हजार ४४६ स्थानहरूमा ४ लाख २ हजार ६०९ पहिचान कागजातहरू जाँच गरेका थिए ।

८ हजार ३७० टोलीहरू र १५ हजार ६१६ क्षेत्रहरूको अनुगमन गरिएका थिए ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?