Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह


काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।

शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गरेका हुन् । यो कागजात जोन साउरद्वारा दायर गरिएका थिए । जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गरेका थिए ।

कागजातमा ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकलाई तत्काल प्रतिवन्ध लगाउने विरोध गरेको र पदभार ग्रहण गरेपछि राजनीतिक माध्यमबाट समस्या समाधान गर्ने आशा गरेको उल्लेख छ ।

ट्रम्पले टिकटकलाई संयुक्त राज्यमा सञ्चालन जारी राख्न अनुमति दिनसक्ने बताइएको छ ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?