Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रुसी हवाई क्षेत्रमा भएको घटनाप्रति पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी मागे


काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानी समकक्ष इल्हाम अलीयेभसँग फोन वार्ताको क्रममा रूसी हवाई क्षेत्रमा भएको घटनाको लागि माफी मागेका छन् ।

हालैको अजरबैजानी विमान दुर्घटनाको सन्दर्भलाई लिएर उनले माफी मागेका हुन् । अजरबैजानी विमानले बारम्बार ग्रोज्नीको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको तर सो समयमा ग्रोज्नीले युक्रेनी ड्रोन आक्रमणको अनुभव गरिरहेकाले अवतरण गर्न नदिँदा दुर्घटना भएको बताएका छन् ।

पुटिनले पीडित परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरे । अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित एम्ब्रायर १९० विमान, बाकुबाट ग्रोज्नीका लागि उडान बुधवार कजाख शहर अक्ताउ नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

जसमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो भने २९ जनाको उद्धार गरिएका थिए ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?