Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

रुसी हवाई क्षेत्रमा भएको घटनाप्रति पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी मागे


काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानी समकक्ष इल्हाम अलीयेभसँग फोन वार्ताको क्रममा रूसी हवाई क्षेत्रमा भएको घटनाको लागि माफी मागेका छन् ।

हालैको अजरबैजानी विमान दुर्घटनाको सन्दर्भलाई लिएर उनले माफी मागेका हुन् । अजरबैजानी विमानले बारम्बार ग्रोज्नीको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको तर सो समयमा ग्रोज्नीले युक्रेनी ड्रोन आक्रमणको अनुभव गरिरहेकाले अवतरण गर्न नदिँदा दुर्घटना भएको बताएका छन् ।

पुटिनले पीडित परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरे । अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित एम्ब्रायर १९० विमान, बाकुबाट ग्रोज्नीका लागि उडान बुधवार कजाख शहर अक्ताउ नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

जसमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो भने २९ जनाको उद्धार गरिएका थिए ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?