Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटनाः २८ जनाको मृत्यु


काठमाडौँ । दक्षिणपश्चिम दक्षिण कोरियाको एक विमानस्थलमा आईतवार बिहान भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएका छन् ।

१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको यात्रुवाहक विमान राजधानी सियोलबाट करिव २९० किलोमिटर टाढा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

बैंकक, थाइल्याण्डबाट आएको जेजु एयरको उडान ७ सि २२१६ धावनमार्गबाट बाहिरिएको र रनवेको बाहिरी पर्खालमा ठोक्किएको थियो । जसको फ्युजलेज आधामा ध्वस्त भएको थियो र आगो लागेको थियो ।

चरा ठोक्किएर ल्याण्डिङ गियर फेल भएर दुर्घटना भएको अनुमान गरिएका छन् । घटनास्थलमा करिव ८० दमकल खटिएका करिव ४३ मिनेटपछि आगो निभाइएको थियो ।

प्रहरी र दमकलले विमानको पछाडीबाट उद्धार कार्य गरिरहेका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?