Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटनाः २८ जनाको मृत्यु


काठमाडौँ । दक्षिणपश्चिम दक्षिण कोरियाको एक विमानस्थलमा आईतवार बिहान भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएका छन् ।

१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको यात्रुवाहक विमान राजधानी सियोलबाट करिव २९० किलोमिटर टाढा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

बैंकक, थाइल्याण्डबाट आएको जेजु एयरको उडान ७ सि २२१६ धावनमार्गबाट बाहिरिएको र रनवेको बाहिरी पर्खालमा ठोक्किएको थियो । जसको फ्युजलेज आधामा ध्वस्त भएको थियो र आगो लागेको थियो ।

चरा ठोक्किएर ल्याण्डिङ गियर फेल भएर दुर्घटना भएको अनुमान गरिएका छन् । घटनास्थलमा करिव ८० दमकल खटिएका करिव ४३ मिनेटपछि आगो निभाइएको थियो ।

प्रहरी र दमकलले विमानको पछाडीबाट उद्धार कार्य गरिरहेका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?