Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न


काठमाडौँ । स्वेज नहरको नयाँ लेनमा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । जहाजहरू नहरको दक्षिणी खण्डको १० किलोमिटर खण्डमा दुवै दिशामा जान सक्षम हुने बताएका छन् ।

स्वेज नहर प्राधिकरण (एससीए) ले ड्रेजिङको काम सकिएपछि दुईवटा जहाजले नयाँ च्यानल प्रयोग गरेको बताएका छन् । एससीएका अध्यक्ष ओसामा रबीले परियोजनालाई प्रमुख गुणात्मक छलांगको रुपमा चित्रण गरेका छन् ।

जसले नहरको क्षमता र दक्षतामा उल्लेखनीय सुधार गर्नेछ । एससीए अध्यक्षले लेनले जहाजहरूलाई बलियो धारा र मौसम अवस्था नेभिगेट गर्न मद्दत गर्ने बताएका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्षेत्रीय मुद्दाका कारण २०२४ मा स्वेज नहरको राजश्व ६० प्रतिशतभन्दा बढीले घटेको छ । लाल सागर र बाब अल मन्डब स्ट्रेटमा समस्याका कारण इजिप्टले करिब ७ अर्ब अमेरिकी डलर राजश्व गुमाएको अल–सिसीले बताएका छन् ।

राजश्व घटे पनि इजिप्टका राष्ट्रपतिले एससीएलाई नहरको प्रवद्र्धन र विकास जारी राख्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?