Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सीमा क्षेत्रमा आतंकवाद विरोधी अभियान शुरु गरेको पाकिस्तानको दाबी


काठमाडौँ । पाकिस्तानी विदेश मन्त्रालयले देशको सुरक्षा बलहरूले अफगानिस्तानसँगको सीमा क्षेत्रमा आफ्ना जनतालाई तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका आतंककारी समूहहरूबाट जोगाउन आतंकवाद विरोधी कारवाही गरेको बताएका छन् ।

पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले आक्रमणको बारेमा जानकारी दिँदै कारबाहीहरू सावधानीपूर्वक योजनावद्ध रहेको बताए । अफगानिस्तानको सार्वभौमसत्ताको लागि पाकिस्तानको सम्मान दोहोर्‍याउँदै बलोचले लगातार आतंकवादी खतराहरूलाई सम्बोधन गर्न वार्ता र सहयोगको लागि देशको प्राथमिकतालाई उजागर गरेका छन् ।

अफगानिस्तानले पाकिस्तान विरुद्ध आतंकवादी हमलाहरूका लागि आफ्नो भूमिको प्रयोग रोक्नको लागि उपायहरू लिने आशा लिए । अफगान कार्यवाहक सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले पाक्टिका प्रान्तको बर्मल जिल्लाका चार स्थानमा मंगलबार राति बमबारी गरेको र त्यसमा ४६ जनाको ज्यान गएको बताए । जसमध्ये अधिकांश महिला र बालबालिका थिए ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले हवाइ हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको पुष्टि गरे ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?