Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

सीमा क्षेत्रमा आतंकवाद विरोधी अभियान शुरु गरेको पाकिस्तानको दाबी


काठमाडौँ । पाकिस्तानी विदेश मन्त्रालयले देशको सुरक्षा बलहरूले अफगानिस्तानसँगको सीमा क्षेत्रमा आफ्ना जनतालाई तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) लगायतका आतंककारी समूहहरूबाट जोगाउन आतंकवाद विरोधी कारवाही गरेको बताएका छन् ।

पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता मुमताज जाहरा बलोचले आक्रमणको बारेमा जानकारी दिँदै कारबाहीहरू सावधानीपूर्वक योजनावद्ध रहेको बताए । अफगानिस्तानको सार्वभौमसत्ताको लागि पाकिस्तानको सम्मान दोहोर्‍याउँदै बलोचले लगातार आतंकवादी खतराहरूलाई सम्बोधन गर्न वार्ता र सहयोगको लागि देशको प्राथमिकतालाई उजागर गरेका छन् ।

अफगानिस्तानले पाकिस्तान विरुद्ध आतंकवादी हमलाहरूका लागि आफ्नो भूमिको प्रयोग रोक्नको लागि उपायहरू लिने आशा लिए । अफगान कार्यवाहक सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले पाक्टिका प्रान्तको बर्मल जिल्लाका चार स्थानमा मंगलबार राति बमबारी गरेको र त्यसमा ४६ जनाको ज्यान गएको बताए । जसमध्ये अधिकांश महिला र बालबालिका थिए ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले हवाइ हमलामा कम्तीमा ५१ जनाको मृत्यु भएको पुष्टि गरे ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?