Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य


काठमाडौँ । टर्किएले २०३५ सम्ममा तीनवटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएका छन् ।

टर्कीका ऊर्जा र प्राकृतिक संसाधन मन्त्री अल्परस्लान बायराक्तारले शुक्रवार हुर्रिएत दैनिक समाचारसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । दुईवटा ठूला पारम्परिक आणविक ऊर्जा संयन्त्रहरू चाहिन्एको र एउटा सिनोपमा र अर्को थ्रेस क्षेत्रमा बनाउनले लक्ष्य राखेको बताएका छन् ।

टेक्नोलोजी र मोडेलको बारेमा निर्णय गर्दा २०२५ महत्वपूर्ण वर्ष हुने बताए । टर्कीएको पहिलो अक्कुउ न्युक्लियर पावर प्लान्टले २०२५ मा बिजुली उत्पादन शुरु गर्ने योजना छ । १ हजार २ मेगावाट क्षमताको प्लान्टको प्रारम्भिक रिएक्टरले देशको बिजुलीको मागको २.५ प्रतिशत पूरा गर्ने अपेक्षा गरिएको छ ।

एकपटक पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ४ हजार ८ मेगावाट क्षमताको साथ अकुयुले टर्कीको बिजुली आवश्यकताको १० प्रतिशत आपूर्ति गर्नेछन् । अक्कुयुले ७ देखि ७.५ बिलियन घन मिटर प्राकृतिक ग्यासको आयात घटाउनेछन् ।

टर्कीलाई वार्षिक लगभग ३ बिलियन अमेरिकी डलर वचत गर्ने बताइएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?