Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

२०३५ सम्म ३ आणविक उर्जा केन्द्र बनाउने टर्कीको लक्ष्य


काठमाडौँ । टर्किएले २०३५ सम्ममा तीनवटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएका छन् ।

टर्कीका ऊर्जा र प्राकृतिक संसाधन मन्त्री अल्परस्लान बायराक्तारले शुक्रवार हुर्रिएत दैनिक समाचारसँगको अन्तर्वार्तामा पुष्टि गरेका छन् । दुईवटा ठूला पारम्परिक आणविक ऊर्जा संयन्त्रहरू चाहिन्एको र एउटा सिनोपमा र अर्को थ्रेस क्षेत्रमा बनाउनले लक्ष्य राखेको बताएका छन् ।

टेक्नोलोजी र मोडेलको बारेमा निर्णय गर्दा २०२५ महत्वपूर्ण वर्ष हुने बताए । टर्कीएको पहिलो अक्कुउ न्युक्लियर पावर प्लान्टले २०२५ मा बिजुली उत्पादन शुरु गर्ने योजना छ । १ हजार २ मेगावाट क्षमताको प्लान्टको प्रारम्भिक रिएक्टरले देशको बिजुलीको मागको २.५ प्रतिशत पूरा गर्ने अपेक्षा गरिएको छ ।

एकपटक पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ४ हजार ८ मेगावाट क्षमताको साथ अकुयुले टर्कीको बिजुली आवश्यकताको १० प्रतिशत आपूर्ति गर्नेछन् । अक्कुयुले ७ देखि ७.५ बिलियन घन मिटर प्राकृतिक ग्यासको आयात घटाउनेछन् ।

टर्कीलाई वार्षिक लगभग ३ बिलियन अमेरिकी डलर वचत गर्ने बताइएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?