Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

इजरायली हमलापछि साना एयरपोर्ट, होदेइदाह बन्दरगाह पुनः सञ्चालन


काठमाडौँ । साना अन्तर्राष्ट्रिय विमानस्थल र होदेइदाह बन्दरगाहमा इजरायलले गरेको श्रृंखलावद्ध हमलापछि सामान्य गतिविधिहरू सुचारु भएको हुथी समूहले जनाएका छन् ।

हुथी यातायात प्राधिकरणका प्रमुख मोहम्मद काहिमले हुथीद्वारा सञ्चालित साबा समाचार एजेन्सीलाई विमानस्थल प्राविधिक रूपमा नागरिक उडानहरू, संयुक्त राष्ट्रका विमानहरू प्राप्त गर्न सक्षम रहेको बताए । काहिमले इजरायली हवाई आक्रमणको पनि आलोचना गरे ।
हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले उक्त हमलाले ठूलो क्षति पुर्‍याएको र कम्तीमा ६ जनाको ज्यान गएको बताएका छन् ।

हुथी समूहले हिरासतमा राखेका राष्ट्रसंघका कर्मचारीलाई रिहा गर्ने विषयमा वार्ताका लागि यमनको राजधानी पुगेका संयुक्त राष्ट्रसंघका एक कर्मचारी घाइते भएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?