Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इजरायली हमलापछि साना एयरपोर्ट, होदेइदाह बन्दरगाह पुनः सञ्चालन


काठमाडौँ । साना अन्तर्राष्ट्रिय विमानस्थल र होदेइदाह बन्दरगाहमा इजरायलले गरेको श्रृंखलावद्ध हमलापछि सामान्य गतिविधिहरू सुचारु भएको हुथी समूहले जनाएका छन् ।

हुथी यातायात प्राधिकरणका प्रमुख मोहम्मद काहिमले हुथीद्वारा सञ्चालित साबा समाचार एजेन्सीलाई विमानस्थल प्राविधिक रूपमा नागरिक उडानहरू, संयुक्त राष्ट्रका विमानहरू प्राप्त गर्न सक्षम रहेको बताए । काहिमले इजरायली हवाई आक्रमणको पनि आलोचना गरे ।
हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले उक्त हमलाले ठूलो क्षति पुर्‍याएको र कम्तीमा ६ जनाको ज्यान गएको बताएका छन् ।

हुथी समूहले हिरासतमा राखेका राष्ट्रसंघका कर्मचारीलाई रिहा गर्ने विषयमा वार्ताका लागि यमनको राजधानी पुगेका संयुक्त राष्ट्रसंघका एक कर्मचारी घाइते भएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?