Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत


काठमाडौँ । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताएका छन् ।

.शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका छन् । उनले भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बिआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले भन्दै उडान अनुमति नदिएको बताएका छन् ।

उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआई परियोजना अन्तर्गत नभएको स्पष्ट बनाए उडान अनुमति दिनसक्ने अवस्था रहेको उल्लेख गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको भनेर भारतले अनुमति नदिएकाले चल्न नसकेको दाबी गरेका छन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमान मात्रै चल्ने अवस्था रहेको बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनसँग जोडिनु भएको बताए । उनले बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्ने अवस्था रहेको बताएका छन् ।

उनले भने ,‘हामीले बुझेसम्म भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असाध्यै जटिल र रिक्सटिक्सन विमानस्थल हो । पोखरा अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनमा आएदेखि बुद्ध एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भनिरहेका छौं । त्यसको लागि पोखरा बनारस उडानको लागि सरकारसँग अनुमतिको लागि आवेदन दियौं । सरकारले तीन दिनभित्र अनुमति दियो । परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पनि आवेदन दियौं । त्यो फाइल अहिले पनि घुमिरहेको छ । अहिले पनि उडान गर्न पाइँदैन भन्नुभएको छैन । तर फाइल अझै घुम्दैछ । हामीले बुझेसम्म बंलादेशको हवाई कम्पनीले पोखरा उडान गर्न खोज्दा हवाई रुटको कारण उडान हुन नसकेको कुरा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता के हो भन्दा ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमानले भारत सव कन्टिनेन्टलाई एउटा हिसाबले चल्नसक्ने बुझेका छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनको संज्ञा दिएको छ । बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुप¥यो । बिआरआई हो भने कुरा देशले सञ्चालन गर्ने हो । बिआरआईको कारणले भारतले अनुमति नदिएको भन्ने छ । भारत र दक्षिणतिरका देशले बिआरआई परियोजनाका कारण उडान नगर्ने हुदा उडानमा चुनौति देखिएको छ । भारतीय विमानस्थलहरुमा उडान अनुमति पाएको खण्डमा ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार छौं ।’

उनले बुद्ध एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सबैभन्दा पहिला अन्तर्राष्ट्रिय उडान गर्न खोजेको बताएका छन् । उनले नेपाल सरकारले पोखराबाट बनारस उडानको अनुमति नेपाल सरकारले दिएपनि भारत सरकारले अहिलेसम्म नदिएको बताए ।

उनले अनुमति दिए ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार रहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?