Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सरकारले पोखरा विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिन्छः वीरेन्द्र बस्नेत


काठमाडौँ । बुद्ध एयरलाइन्सका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत होइन भनिदिए भारतले उडान अनुमति दिनसक्ने बताएका छन् ।

.शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका छन् । उनले भारतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीनसँग सम्झौता गरेको बिआरआई परियोजना अन्तर्गतको आयोजना भएकाले भन्दै उडान अनुमति नदिएको बताएका छन् ।

उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआई परियोजना अन्तर्गत नभएको स्पष्ट बनाए उडान अनुमति दिनसक्ने अवस्था रहेको उल्लेख गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको भनेर भारतले अनुमति नदिएकाले चल्न नसकेको दाबी गरेका छन् ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमान मात्रै चल्ने अवस्था रहेको बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनसँग जोडिनु भएको बताए । उनले बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुपर्ने अवस्था रहेको बताएका छन् ।

उनले भने ,‘हामीले बुझेसम्म भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असाध्यै जटिल र रिक्सटिक्सन विमानस्थल हो । पोखरा अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनमा आएदेखि बुद्ध एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भनिरहेका छौं । त्यसको लागि पोखरा बनारस उडानको लागि सरकारसँग अनुमतिको लागि आवेदन दियौं । सरकारले तीन दिनभित्र अनुमति दियो । परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पनि आवेदन दियौं । त्यो फाइल अहिले पनि घुमिरहेको छ । अहिले पनि उडान गर्न पाइँदैन भन्नुभएको छैन । तर फाइल अझै घुम्दैछ । हामीले बुझेसम्म बंलादेशको हवाई कम्पनीले पोखरा उडान गर्न खोज्दा हवाई रुटको कारण उडान हुन नसकेको कुरा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयिता के हो भन्दा ३१९ वा त्यो भन्दा सानो क्याटोगोरीको जेट विमानले भारत सव कन्टिनेन्टलाई एउटा हिसाबले चल्नसक्ने बुझेका छौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको प्रमुख कारण बिआरआई परियोजनको संज्ञा दिएको छ । बिआरआई होकी होइन नेपाल सरकारले व्याख्या गरिदिनुप¥यो । बिआरआई हो भने कुरा देशले सञ्चालन गर्ने हो । बिआरआईको कारणले भारतले अनुमति नदिएको भन्ने छ । भारत र दक्षिणतिरका देशले बिआरआई परियोजनाका कारण उडान नगर्ने हुदा उडानमा चुनौति देखिएको छ । भारतीय विमानस्थलहरुमा उडान अनुमति पाएको खण्डमा ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार छौं ।’

उनले बुद्ध एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सबैभन्दा पहिला अन्तर्राष्ट्रिय उडान गर्न खोजेको बताएका छन् । उनले नेपाल सरकारले पोखराबाट बनारस उडानको अनुमति नेपाल सरकारले दिएपनि भारत सरकारले अहिलेसम्म नदिएको बताए ।

उनले अनुमति दिए ३८ सय भिजिविलिटीमा पनि उडान गर्न तयार रहेको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?