Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल


काठमाडौँ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रवार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उनले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताएकी हुन् ।

उनले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताईन् । उनले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताएकी छिन् ।

उनले भनिन् , ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्वपूर्ण छ । त्यसकारण पनि आजको यो महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न ठाउँ पाओस् । कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । त्यो विस्तृत रुपमा अघि बढोस् । नेपाली सामग्रीहरु, नेपालमै उत्पादन भएका सामग्रीहरु किनौँ, प्रोत्साहन गरौँ ।’

उनले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताईन् । उनले नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गरेकी छिन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?