Trending
>>   विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट >>   जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो >>   माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो >>   ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाँडै फर्कन विश्वविद्यालयको आग्रह >>   खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह >>   तीन विश्वविद्यालयका उपकुलपतिद्वारा प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण >>   जापान सरकारले वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट >>   नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च >>   श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित >>   सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी
Logo
१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द(विप्लप)ले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् ।

बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै चन्दले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गरे । माओवादी फुटेर १९ वटा भइसकेको बताउदै उनले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताए ।

उनले भने, ‘माओवादी लड्दालड्दै धेरै बढेपनि अटाएन । छल्कियो, यताउता पोखियो भनेपनि हुन्छ । साउनको भलेजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथिले डायरिमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन । फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाव हुँदैछ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरुमा यो बहसहरु चलिरहन्छन् नि त । विभिन्न तरंगहरु छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रोबारेमा अनेकौं खालका तर्कहरु छन् । माओवादीहरु शान्त भएर बस्ने मान्छेहरु पनि होइनौं नि त ।’

उनले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?