Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास


काठमाडौँ । इजरायलले गाजाबाट आफ्नो फिर्ता, युद्धविराम, बन्दी–बन्धक आदानप्रदान र विस्थापित प्यालेस्टिनीहरूको फिर्ता सम्बन्धी नयाँ शर्तहरू राखेका छन् ।

जसले उपलब्ध भएको सम्झौतामा पुग्न ढिलाइ गरेको हमासले जनाएका छन् । युद्धविराम र कैदी आदानप्रदान वार्ता दोहामा कतारी र इजिप्टको मध्यस्थतामा गम्भीर रूपमा अगाडि बढिरहेको छ ।

कतारी, इजिप्टियन र अमेरिकी मध्यस्थकर्ताहरूको नेतृत्वमा प्रयासहरूले प्रगति देखाएको बताएका छन् । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेका छन् । जसमा करिव १ हजार २ सय मानिस मारिएका थिए । २५० जनालाई बन्धक बनाएका थिए ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ३६१ पुगेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?