Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास


काठमाडौँ । इजरायलले गाजाबाट आफ्नो फिर्ता, युद्धविराम, बन्दी–बन्धक आदानप्रदान र विस्थापित प्यालेस्टिनीहरूको फिर्ता सम्बन्धी नयाँ शर्तहरू राखेका छन् ।

जसले उपलब्ध भएको सम्झौतामा पुग्न ढिलाइ गरेको हमासले जनाएका छन् । युद्धविराम र कैदी आदानप्रदान वार्ता दोहामा कतारी र इजिप्टको मध्यस्थतामा गम्भीर रूपमा अगाडि बढिरहेको छ ।

कतारी, इजिप्टियन र अमेरिकी मध्यस्थकर्ताहरूको नेतृत्वमा प्रयासहरूले प्रगति देखाएको बताएका छन् । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेका छन् । जसमा करिव १ हजार २ सय मानिस मारिएका थिए । २५० जनालाई बन्धक बनाएका थिए ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ३६१ पुगेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?