Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

दमको समस्या छ ? यसरी पहिचान गरी घरमै गर्नुहोस दमको घरेलु उपचार !


काठमाडौँ। दम रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ र फोक्सोमा हावा जान कठिन हुन्छ। यसकारण एलर्जन्स जसले एलर्जी उत्पन्न गर्छ र इरिटेटस जसले अप्ठयारो उत्पन्न गरी श्वासनलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो।

दम कुनै पनि उमेरका मानिसलाई हुन सक्छ। यो ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी र ३० वर्षभन्दा माथिकालाई वातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ।

हाछ्यूँ आउने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँ-स्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने यसका प्रमुख लक्षण हुन् ।

यस्ता छन् दमका रोगको लक्षणहरु :

१. छिटछिटो सास फेर्नु

२. सास फेर्न असजिलो हुनु

३. खोकीले गर्दा निद्रामा अवरोध हुनु

४. बारम्बार खोकीको अनुभव हुनु

५. खोकी प्रायः राति लाग्नु

६. सासमा घ्यारघ्यार सुनिनु

७. सास फेर्दा सिटी बजेजस्तो हुनु

८. छातीमा पीडा अनुभव हुनु

यसरी गर्नुहोस दमको घरेलु उपचार :

१. अदुवाको रस, अनारको रस र मह बराबर मिलाएर यस मिश्र्णको १/१ चम्चा दिनको तीन पटक सेवन गर्ने ।

२. कागतीमा भिटामिन सी प्रसस्त पाइने हुँदा तातोपानीमा कागती निचोरेर संवाद अनुसार मिश्री मिलाइ दिनको ३/४ पटक पिउने ।

३. अमलालाइ कुटेर लेदो बनाइ महसँग मिलाइ सेवन गर्ने ।

४. एक चम्चा महसँग आधा चम्चा दाल्चीनी पाउडर मिलाइ सुत्नु भन्दा अगाडि सेवन गर्ने ।

५. प्याजलाइ सलाद्को रूपमा प्रयोग गर्दा दममा राहात मिल्दछ ।

६. एक गिलास तातो दुधमा जैतुनको तेल र मह बराबर भाग मिलाइ लसुन चबाउदै बिहान खाजा अघाडी पिउने ।

७. पानीमा एक चम्चा जुवानो उमालेर यसको बाफ लिने/पिउने । पुरानो अमिलो अचार, अमिलो दही मोही नखाने साथै चिसो हुने खानेकुरा कम खाने । धुवाँधुलो चिसो अस्वस्थकर वातावरणबाट जोगिने ।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?